Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी फुटाउने प्रयास असफलः जनता समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता


    बिहिबार, बैशाख ११ २०७७
    915
    Shares
  • १ मिनेट पाठ
  •  विराटनगर, ११ बैशाख । समाजवादी र राष्ट्रिय जनता पार्टीले रातारात एकता गरी गठन गरेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता भएको हो । जनता समाजवादी दलको दर्ता नम्बर १३८८ हो ।

    बुधबार मध्यराति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । 

    एकतामा सहभागी दुवै दलका अध्यक्षसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । पार्टी एकीकरणको सहमति पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ । 

    दल दर्ताकालागि निवेदन दिएपछि राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लोकतन्त्र बिरोधीको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली पार्टी फुटाउन लागेकोमा महतो आक्रोसित थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार