Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा, भाेलि पेसी


    बुधबार, माघ १४ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गरेका हुन्।

    पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ।

    रिटमाथि बिहीबार पेसी तोकिएकाे छ । यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार