Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप निःशुल्क लगाउँछौँ : प्रधानमन्त्री ओली


    बुधबार, माघ १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।

    कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको ९० दिनभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् ।

    उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’

    भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् ।

    आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने उनकाे भनाइ थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार