Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपतिले भूल गर्नुभयो’


    बुधबार, माघ १४ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीीतकशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको बताएका छन् ।

    ‘राष्ट्रपतिले भूल गर्नु भयो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नहुने काम गरेपछि त्यसलाई राष्ट्रपतिले हेर्नुपथ्र्यो ।’

    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले कुनै पनि प्रकारको छलफल नगरीकन प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति प्रकट गरे । उनका अनुसार प्रतिनिधिसभा विघटन सिफारिस संविधानसम्मत छ कि छैन भन्ने विषयमा राष्ट्रपति भण्डारीले कानुनविद् वा राजनीतिशास्त्रीसँग परामर्श गरेको भए उपयुक्त हुन्थ्यो । उनले भने, ‘अहिले कानुनविद्, पूर्वन्यायाधीश, राजनीतिशास्त्री, नागरिक समाज र मिडिया तहबाट पनि प्रधानमन्त्रीले चालेको कदम संविधान सम्मत छैन भन्ने आइरहेको छ ।’

    संविधानमा राष्ट्रपतिको भूमिकाबारे प्रष्ट उल्लेख भएको चचा गर्दै पूर्व राष्ट्रपति यादवले भने, ‘त्यो संस्थाले संविधानको पालना गराउने, रक्षा गर्ने हो, राष्ट्रपति आफैँमा संविधानको रक्षक हो । राष्ट्रपतिले नै संविधानको संरक्षण गर्नुपर्छ । संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउनु पर्छ ।’ नागरिक दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार