Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय प्रधानमन्त्री माेदीलाई ग्रेटर नेपालको ज्ञापन पत्र: सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गर्न माग (पत्रसहित)


    मंगलबार, माघ १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज जनवरी २६ अर्थात इन्डियाको गणतन्त्र दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी समक्ष १००००० वर्ग किलोमिटर नेपाली जमिन फिर्ता गर्न माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र प्रस्तुत गरेकाे छ।

    सुगौली सन्धि त्यतिबेला बेलायतसँग गरिएको भएपनि अहिले भारतीय विस्तारवादले हाम्रो नेपालको दश हजार वर्ग किमिभन्दा बढी जमिन हडपेको छ । त्यसको विषयमा लामो समयदेखि नागरिक, राजनीतिक दलहरु, सामाजिक अगुवाहरुले आवाज उठाउँदै समेत आएका छन ।

    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले आज भारतीय प्रधानमन्त्री माेदी लाई सम्बोधन गर्दै एक ज्ञापन पत्र सार्वजनिक गरेर त्यस्तो माग गरेका हुन ।  

    ज्ञापन पत्र

    इन्डियाको गणतन्त्र दिवसका अवसरमा इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी समक्ष १००००० वर्ग किलोमिटर नेपाली जमिन फिर्ता गर्न माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा प्रस्तुत ज्ञापनपत्र 

    श्री नरेन्द्र दामोदरदास मोदी
    प्रधानमन्त्री
    इन्डिया सरकार
    नयाँदिल्ली , इन्डिया

    सम्माननीय प्रधानमन्त्री मोदीज्यू

    विश्वकै निम्ति चासोको विषय हुनुपर्छ , दक्षिण एसियाको धर्तीमा उपनिवेश अझै बाँकी छ । त्यसैगरी विडम्बनापूर्ण कुरा यो पनि हो कि जुन देशले उपनिवेशबाट मुक्ति पायो , उसैले अर्को देशको जमिनलाई उपनिवेश बनाएको छ । यो लाजमर्दो कुरा हो , इन्डियाले नेपाली भूमिमा उपनिवेशको कुरूप झन्डा समातिरहेको छ ।
    नेपालको जमिनमा सन् १९४७ अगस्त १५ देखि अौपनिवेशिक सत्ता कायम राखेर त्यहाँ इन्डियाले गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको ठाडो उल्लङ्घन हो ।
    प्रधानमन्त्री मोदी महोदय ,
    तपाईं  मेचीदेखि पूर्व टिस्टा-नगरकट्टासम्म , महाकालीदेखि पश्चिम सतलजनदीसम्म र गङ्गा नदीको उत्तरी मैदानसम्म  करिब १००००० वर्ग किलोमिटर नेपालको भूमिबाट उपनिवेशको खुनी पन्जा हटाउनुहोस् , अनिमात्र इन्डिया विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक देश भनिन योग्य हुनेछ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तपाईंसमक्ष गरेको यो अाग्रह सम्पूर्ण नेपालीको अावाज हो भन्ने बिर्सनुभयो भने यसले निकट भविष्यमा विकराल समस्या खडा गर्नेछ । त्यो भूमि नेपालीहरूको हो , त्यसैले नासो सम्झेर हामीलाई अविलम्ब फिर्ता गर्नुहोस् ।
    फणीन्द्र नेपाल
    अध्यक्ष
    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
    २०२१ जनवरी २६

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार