Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्‍याली


    मंगलबार, माघ १३ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् ।  कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । 

    राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो ।  गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरुको ट्याक्टर र्यालीमा हस्तक्षेप गर्नुपरेको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन्।

    भारतमा किसानहरुको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटक–पटक भएका छन् । तर वार्तामा सहमति नभएकाले आन्दोलनले निरन्तरता पाइरहेको छ । किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्ली केन्द्रित भएको छ । -सिन्ह्वा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार