Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक, पतञ्जली र रामकुमारी झाँक्रीबारे छलफल हुने


    बिहिबार, असार १९ २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

    बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टाचार मुद्दा (पतञ्जली जग्गा प्रकरण) सहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    यसैगरी अध्यक्ष नेपालविरुद्ध स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि बैठक छलफल हुनेछ ।

    झाँक्री केही दिनअघि लुम्बिनीमा अध्यक्ष फेर्नुपर्ने तथा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भनेकी थिइन् । त्यसपछि मंगलबार पार्टी अनुशासन आयोगले झाँक्रीलाई तीन दिने स्पष्टीकरण मागेको थियो । महाधिवेशनमा पार्टीको पदाधिकारीमा हारेपछि झाँक्री एकपछि अर्को पार्टीबिरोधी अभिब्यक्ति दिंदैआएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार