काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का काठमाडौं जिल्ला कमिटी सचिव ध्रुवराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।
न्यौपानेले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा तथा दशौं महाधिवेशनसम्म आइपुग्दा यो पार्टी झनै दक्षिणपन्थी अवसरवादतर्फ अग्रसर भएको, नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको प्रधान समस्याको निरन्तरता यस पार्टीमा पनि देखिएको, व्यक्तिवादी चरित्र हावी भएको र पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेकाले पार्टी त्याग गर्नुपरेको उल्लेख गरेका छन् ।
उनको विज्ञप्तिमा उल्लेख छ–‘२०५१ सालदेखि तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ, नेपालमा संगठित हुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विभिन्न जिम्मेवारीमा रहेर नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुयाउँदै आएको जानकारी गराउन चाहन्छु ।
२०६२–०६३ को जनआन्दोलन पश्चात् भएको राजनीतिक परिवर्तन पछाडि साविक कपन गाविसमा प्ररायुसंघको नेतृत्व गर्ने अवसर मैले पाएको थिएँ । सो पश्चात् नेकपा एमालेको साविक कपन गाउँ कमिटीको सदस्य, उपसचिव, संयोजक हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेको छु । २०७२ सालमा सम्पन्न अधिवेशनबाट नेकपा एमाले, काठमाडौं क्षेत्र नं ४ को सचिवमा निर्वाचित भएसँगै संगठन विस्तार र निर्माणमा सक्रिय रहेको तथा पार्टी संगठनसँगै मैले नेकपा एमालेको भ्रातृ संगठनको रुपमा रहेको नेपाल खेलकुद महासंघका विभिन्न कमिटीमा रहेर काम गर्दै गर्दा यसै कालखण्डमा पार्टीले मलाई जिल्ला खेलकुद विकास समिति, काठमाडौंमा अध्यक्षको रुपमा पठाएको जानकारी गराउन चाहन्छु । त्यसपछि, तत्कालीन नेकपा एमाले र माओवादीबीच भएको पार्टी एकतापछि बनेको नेकपाको जिल्ला कमिटीको सदस्यको रूपमा समेत मैले सक्रिय भूमिका निर्वाह गरेको थिएँ ।
त्यस्तै, पार्टी विभाजनपश्चात् गठन भएको नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेर काम गर्दै आइरहेको थिएँ । यसबीचमा मैले उक्त पार्टीमा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय संयोजक हुँदै जिल्ला कमिटीको उपसचिव र हाल जिल्ला सचिवको जिम्मेवारीमा रहेको विदितै छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहने क्रममा आम नागरिक र देशको हितमा काम गर्ने भनेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा तथा दशौं महाधिवेशनसम्म आइपुग्दा यो पार्टी झनै दक्षिणपन्थी अवसरवादतर्फ अग्रसर भएको, नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको प्रधान समस्याको निरन्तरता यस पार्टीमा पनि देखिएको, व्यक्तिवादी चरित्र हावी भएको र पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेकाले आजकै मितिबाट एकीकृत समाजवादी पार्टीको साधारण सदस्यसम्म नरहने गरी काठमाडौं जिल्ला सचिवलगायत पार्टी तथा भातृ संगठनको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको जानकारी गराउन चाहन्छु ।’
यस्तो छ न्यौपानेको विज्ञप्तिः

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend