Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रिट दायर भएको साढे ४ बर्षपछि संवैधानिक नियुक्ति बहुमतले सदर


    बिहिबार, असार १९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रिट दायर भएको साढे ४ बर्ष ब्यतित भइसकेपछि सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको सदर गरेको छ ।

    मध्यरातमा पाँच जनाको इजलासमा तीन न्यायाधीशले नियुक्तिलाई सदर गरेका हुन् । दुई न्यायाधीशले नियुक्ति बदर हुनुपर्ने राय राखेका थिए ।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले बदर हुनुपर्ने मत राखेका थिए ।

    न्यायाधीश सपना प्रधान मल्ल,कुमार चुँडाल र मनोज कुमार शर्माले रिट खारेजीको पक्षमा राय दिएका थिए । सर्वोच्चको यो फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् ।

    अधिवक्ताहरु ओमप्रकाश अर्याल, समृत खरेल, बरिठ अधिवक्ता दिनेश त्रिपाठी, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद बिघटन गरी अध्यादेशबाट संवैधानिक नियुक्ति गरेकाले बदर गर्न माग गर्र्दै रिट दर्ता गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार