Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबिरुद्धको निर्णय सुनाउँदै सर्वोच्च


    बुधबार, असार १८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिबिरुद्ध परेको रिटको निर्णय आज सुनाउँदैछ । संवैधानिक इजलासले गएको जेठ २८ गते निर्णय सुनाउने मिति तोकेको थियो । त्यो निर्णय आजका लागि सारिएको थियो ।

    सोही अनुसार आज संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिबारे फैसला हुन लागेको हो ।

    स्रोतका अनुसार आज निर्णय सुनाउन मंगलबार पनि संवैधानिक इजलासका ५ न्यायाधीशमध्ये बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नहकुल सुवेदीले बहस नोट अध्ययन गरेका थिए ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू मल्ल, सुवेदी, मनोजकुमार शर्मा, कुमार चुडाल छन् । न्यायाधीशहरू गहन छलफलमा गरेपछि सामान्यतया निर्णय सुनाइने कानुनी अभ्यास छ ।

    यसअघि उक्त मुद्दाको निर्णय जेठ २८ सुनाउने तय गरिएको थियो । पटक–पटक हेर्न नभ्याइनेमा परेर पेसी सर्दै आएकामा संवैधानिक इजलासले गत माघ मसान्तमा सुनुवाइ थालेको थियो ।

    २०७७ साल र ७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक–पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए ।

    प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइ बिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, समृत खरेललगायतले ५२ जना पदाधिकारीहरूको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै सर्वोेच्चमा रिट दायर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार