Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा गणतन्त्र दिवसको दिन किसान र प्रहरीबीच भिडन्त


    मंगलबार, माघ १३ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । गणतन्त्र दिवसको अवसरमा भारतको राजधानी दिल्ली प्रवेश गर्न खोज्ने आन्दोलनरत किसानहरूको प्रहरीसँग भिडन्त भएको छ। दशौँ हजारको संख्यामा किसानहरू ट्याक्टर र्‍यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन्।

    केही स्थानमा उनीहरूले प्रहरीले खुला राखेका बाटो छोडेर बन्द गरेका बाटोमा प्रवेश गरेका बताइएको छ। महिनौँदेखि किसानहरूको सरकारको नीतिको विरोधमा आन्दोलन गरिरहेका छन्। सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागु नगर्ने बताए पनि उनीहरूले ती कानुन रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका हुन्।

    प्रहरीले केही चरणको वार्तापछि किसानले गणतन्त्र दिवसका कार्यक्रमलाई असर नपर्ने गरी र्‍याली गर्न दिन सहमति जनाएको थियो। दिल्ली प्रवेशको छ नाकाबाट किसान सहर प्रवेश गर्ने भए पनि मूल बाटो बन्द गरेर प्रहरीले किसानलाई बाहिरी बाटो प्रयोग गर्न भनेको थियो। तर सिन्घु, टिकरी र गाजीपुरमा प्रहरी अवरोध तोडेर किसानहरू अगाडि बढेका छन्।

    उनीहरूले कृषिलाई खुला बजारमा लग्ने कानुनको विरोध गरिरहेका हुन्। दिल्लीमा गणतन्त्र दिवसको कार्यक्रम भइरहेका स्थानमा उनीहरू पुगे थप भिडन्त हुनसक्ने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार