Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लुटपाटमा संलग्‍न २ जना पक्राउ


    मंगलबार, माघ १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले सुनका गरगहना तथा धनमाल लुटपाटमा संलग्‍न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भएका सुनिलबहादुर सिंह र दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भएका कृष्णबहादुर श्रेष्ठ रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे छ।

    काठमाडौं स्युचाटारस्थित एक घरमा माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्‍न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

    उनीहरूबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार