काँस्की । पर्यटकीय नगरी पोखराको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बालाचतुर्दशीमा विशेष मेला लाग्छ । दैनिक भक्तजन आइरहने यो मन्दिरमा आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बालाचतुर्दशीमा विशेष मेला लाग्ने गर्छ ।
पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गरिएको हो । तस्वीर :रासस
