Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु


    मंगलबार, माघ १३ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग–५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान–९ का गौरव राई रहेका प्रहरीले जनाएकाे छ ।

    मंगलबार बिहान रत्ननगर नगरपालिका–१० स्थित राजमार्गमा बा २ ख ५६७४ नम्बरको बस पूर्वबाट पश्चिम गएर दायांँ मोड्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जांँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार