Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य बढ्यो


    मंगलबार, माघ १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्थानीय बजारमा मंगलवार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

    छापावाल सुन सोमवार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमवार कारोबार भएको तेजाबी सुन मंगलवर भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

    चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा १ हजार २६० रुपैयाँमा सोमवार कारोबार भएको चाँदी मंगलवार भने १ हजार २५५ मूल्य निर्धारण भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार