Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पूर्वस्वास्थ्य राज्यमन्त्री यादव अपहरित ! प्रधानमन्त्रीमाथि नै आरोप


    बुधबार, बैशाख १० २०७७
    905
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १० बैशाख । अध्यादेशबाट राजनीतिक दलसम्बन्धी ऐनमा दलत्यागसम्बन्धी दफा संशोधन गरेपछि दलहरु फुट्ने त्रास ब्याप्त हुनथालेको छ । त्यसको सबैभन्दा बढी मार डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी नेपाल पार्टीमा पर्ने भएको छ ।

    अध्यक्ष उपेन्द्र यादवको तानाशाहीबाट दिक्क भएकासांसद र केन्द्रीय सदस्यहरु पार्टी विभाजन गरी अलग हुने योजनामा रहेको चर्चा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीकै सांसद र केन्द्रीय सदस्यहरुको उकुसमुकुसलाई निकास दिन अध्यादेश ल्याएका भए पनि धेरैले नेकपा नै फुटाउन ल्याएको हल्ला गरे । अध्यादेश जारी भएको ३ दिन नबित्दै समाजवादी पार्टीमा सांसदहरुप्रति नै अविश्वास सृजना गर्ने ढंगका कुरा आउन थालेका छन् । र, सरकारले आफ्ना सांसदहरु अपहरण गर्न लागेको हल्ला चलाउन थालेका छन् ।  

    मेडिकल डाक्टर डा. यादवसहितले यादवको पार्टी फुटाउन लागेपछि डा. बाबुराम भट्टराई र उपेन्द्र यादवहरु उल्टै अपहरण गरेको भन्दै हल्ला चलाउन सुरु गरेका छन् । उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा यादव राज्यमन्त्री थिए ।  

    \"\"

     समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका निजी सचिव विश्वदीप पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद तथा पूर्वस्वास्थ्य मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको आरोप लगाएका छन् । उनले सामाजिक संजालमा केहीबेरअघि लेखेका छन्–‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार