Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, सिटी जुलुस देखी धर्नासम्म


    सोमबार, माघ १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

    संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

    nekapa prachanda.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार