सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत उजुरी फाँटमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ सहायक निरीक्षक (सई) पुरुषोत्तम सुवेदी, प्रहरी जवान प्रदीप यादव र जितेन्द्रकुमार यादवले सेवाग्राहीहरूसँग अवैध रूपमा पैसा लिँदै आएको गुनासो बढ्न थालेको छ ।
प्रहरीसँग न्यायको अपेक्षामा उजुरी दिन गएका नागरिक आफैं आर्थिक शोषणमा परिरहेको आरोप लागेको छ । नाम नखुलाउने सर्तमा एक सेवाग्राहीले बताएअनुसार, उजुरी फाँटमा पुग्ने व्यक्तिहरूसँग प्रारम्भिक छलफलका लागि समेत पैसा माग गरिन्छ । पैसा नदिएसम्म उजुरी सुन्ने र समाधान गर्ने कार्य अघि बढाइँदैन ।
अझै चिन्ताजनक कुरा त के छ भने, हालै एक सडक दुर्घटनामा परेको व्यक्तिको मोटरसाइकल लिन पुगेका सेवाग्राहीसँग प्रहरी जवान जितेन्द्रकुमार यादवले खुलेआम दुई हजार रुपैयाँ घुस माग गरेका थिए । ‘पैसा दिए मिलापत्र गराइदिन्छु, नत्र होइन’ भन्ने स्पष्ट चेतावनी दिइएको पीडितले बताएका छन् ।
सेवाग्राहीका अनुसार, सबै कानुनी कागजात साथमा लिएर जाँदा समेत पैसा नदिएपछि मिलापत्र गराइदिइएन । यसरी दुबै पक्षलाई मानसिक तनाव दिइएको र प्रहरीमाथि विश्वास गुम्न थालेको गुनासो बढेको छ ।
प्रहरीको यो व्यवहारले जिल्ला प्रहरी कार्यालय सर्लाहीप्रति आम नागरिकको विश्वास खस्कँदै गएको छ । सेवाग्राहीहरूका अनुसार हालका प्रमुख आएपछि तल्लो तहदेखि माथिल्लो तहसम्म आर्थिक असुली र शोषणको प्रवृत्ति झनै बढेको अनुभव गरिएको छ ।
स्थानीय समुदायले यस्ता क्रियाकलापप्रति चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । प्रहरी प्रशासनभित्रै यस्ता गैरकानुनी क्रियाकलाप बढ्दै गए जनताको सुरक्षाका लागि जिम्मेवार संस्थामा गम्भीर प्रश्न उठ्ने देखिन्छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend