Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो


    शुक्रबार, असार ६ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ।

    प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि पहिले माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थप गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

    यो सँगै अब कुल १ हजार ८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुनेछ ।

    यस्तै, समावेशी कोटामा आदिवासीरजनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार