Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सबैतिर सेटिङ्ग मिलाएका ओलीले कस्तो चुनाव गराउँछन्? : रामचन्द्र पौडेल


    आइतबार, माघ ११ २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्दै प्रश्न गरेका छन् ।

    गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको ‘बरगाछी १६ औं अंक मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषांक’ लोकार्पण कार्यक्रममा पौडेलले अदालतमा प्रधानमन्त्रीले सेटिङ गरेको प्रसंगबारे प्रश्न उठाएका हुन् ।

    विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको उनको भनाइ थियो । कार्यक्रममा उनले भने ‘सर्वोच्च अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ?,’ उनले भने, ‘५ वर्षका लागि म्यान्डेट दिएका जनतालाई धोका दिँदै संविधानलाई कुल्चेर गरेको चुनाव स्वीकार्छौं?’

    पौडेलले अदालतको पवित्रतामाथि पनि प्रश्न उठाए । ‘अदालतको पवित्रताको दुहाइ नदिऔं,’ उनले भने, ‘अदालतले अहिले जनताको आवाज र संविधान सुन्नु पर्छ र संविधान हेरेर फैसला गर्नु पर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार