काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवम्प्र धानमन्त्री केपी शर्मा ओलीले देशको अहितमा काम गर्ने तत्वहरुलाई आगामी निर्वाचनबाट ठेगाना लगाउने चेतावनी दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिसँग अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी वैशाखमा हुने मध्यवती निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने बताए ।
‘देश अगाडि बढ्छ। अगाडि बढाउनुपर्छ। आगामी वैशाखमा हुने निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने यो अवसरलाई लिएका छौं,’उनले भने।
प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जाँदा उल्टै आफूलाई तानाशाही भएको आरोप लगाएको बताए । ‘संसद विघटन भएको असंवैधानिक भयो अलोकतान्त्रिक भयो भनेर कराउँदैछन्। ती कराउने मानिसहरु संविधान विरोधी, ती लोकतन्त्र विरोधी, देशविरोधी र जनविरोधी मान्छे हुन्। जो कराइरहेका छन्,’ उनले भने,’ देशमा अस्तव्यस्ता खडा गर्ने। बहुमतको सरकार तोडेर अनि जोरजाम सरकार बनाएर स्थितरताको नाटक गर्ने।’
ताजा जनादेशका लागि जनतामा जाऔं भन्दा आफू तानाशाही नभएको तर्क गर्दै प्रधानमन्त्री ओलीले आफ्नो र अरुको काम के भयो भनेर जनताले फैसला गर्नुपर्ने बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend