काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा स्थिर सरकार नदिएको टिप्पणी गरेका छन् । जनताले आफ्नो प्रतिनिधि पाँच वर्षका लागि चुनेको भएपनि तीन वर्षमै भंग गरेको टिप्पणी गर्दै उनले जनताको प्रधानमन्त्री केपी ओलीले जनादेशलाई अपमान गरेको आरोप लगाए ।
जसपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टी बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको आन्दोलन केका लागि ? त्यो कुरा स्पष्ट हुनुपर्ने कुरामा जोड दिए ।
‘सर्वप्रथम यो संविधान नै अपूरो छ’, उनले भने, ‘मधेशी, आदिवासी, जनजातीलाई संविधानमै विभेद गरिएको छ र त्यसलाई अन्त्य गर्ने काम हालसम्म भएको छैन ।’ उनले थपे, ‘प्रतिनिधिसभा विघटनको विषय अदालतमा पुगेको छ, यदि प्रतिनिधिसभा पुनःस्थापना भयो भने सत्ता कसको हातमा जान्छ ? जसले विघटन गर्यो उसैको हातमा जान्छ र त्यसपछि त्यो द्वन्द्व कायम नै रहन्छ ।’
देश चुनावतिर गयो भने ओलीको कदम सही रहेको कुरा पुष्टि हुने बताउँदै उनले त्यस अवस्थामा पनि आफूहरुको आन्दोलन भइरह्यो भने अदालतको विरुद्धमा जसपा नेपाल गयो भने सन्देश जाने बताए । यसरी हेर्दा देश ठूलो संकटको अवस्थामा गुज्रिरहेको बताउँदै उनले यसलाई जसपा नेपालले अवसर र चुनौती दुवै रुपमा लिनुपर्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend