Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अदालतको आदेशपछि धवलशमशेर ३ लाख धरौटीमा छुटे


    सोमबार, असार २ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा ३ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

    काठमाडौं जिल्ला अदालतले सोमबार जबरालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    गएको चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले सोमबार उक्त आदेश दिएको हो ।

    जबरालाई प्रहरीले तीनकुनेमा भएको ‘अराजक’ प्रदर्शनको मुख्य योजनाकारको रूपमा प्रस्तुत गर्दै मुद्दा चलाएको थियो ।

    राजावादी आन्दोलनका क्रममा भएको उक्त प्रदर्शनमा उनी पार्टीको जनपरिचालन संयोजकको भूमिकामा थिए । सोही दिन उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार