काठमाडौं । नेकपा (एमाले)निकट कानुन व्यवसायीहरूको संस्था प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले २ सय ५६ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी ओमप्रसाद थपलियाले २१३ मत ल्याएका छन् । कानुन ब्यवसायभन्दा पनि राजनीतिमा सक्रिय थपलियालाई बालुवाटारले जबर्जस्ती ल्याएर अध्यक्षमा उठाए पनि उनी पराजीत भएका छन् । थापा पीपीएलका निवर्तमान महासचिव हुन् ।
खुला उपाध्यक्षमा भीमसेन बञ्जारा निर्विरोध निर्वाचित भएका थिए । महिलातर्फ भने चुनाव भएको थियो । जसमा यशोदादेवी खरेल निर्वाचित भइन् । उनले ३०५ मत ल्याइन् । प्रतिस्पर्धी हिमादेवी बस्नेतले १५२ मत ल्याइन् ।
महासचिवमा भुवनप्रसाद निरौला १ सय ६३ मत ल्याएर निर्वाचित भए । महासचिवमा शिव अर्याल पराजीत भएका छन् ।
उममहासचिवमा बाबुराम राई निर्वाचित भएका छन् भने तीन सचिवमा युवककुमार गौतम, अनिता गौतम र मुकुन्दप्रसाद अधिकारी निर्वाचित भएका छन् । मुकुन्द अधिकारी र हरिप्रसाद मैनालीको मत बराबर आएकाले गोलाप्रथाबाट छिनोफानो गरिएको थियो ।
सचिवमा राधिका खतिवडा निर्विरोध निर्वाचित भइसकेको अवस्थामा रातारात नेपाल बारको उपाध्यक्ष भइसकेकी अनिता गुरुङलाई बालुवाटारकै डिजाइनमा ल्याएर उम्मेदवारी दर्ता गर्न लगाइएको आरोप छ । खतिवडा जम्मा ५ मतले पराजीत भएकी थिइन् ।
कोषाध्यक्षमा कुमार घिमिरे २२९ मत ल्याएर निर्वाचित भएका छन् । केही सदस्यहरु भने निर्बिरोध निर्वाचित भएका छन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend