काठमाडाै, १० बैशाख ।उदयपुरको भुल्केमा हिजो एकै दिन ११ जना कोरोना संक्रमण पुष्टि भएकामध्ये दुईजना भारत र एकजना दुबईबाट आएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । ती युवक गत फागुन १० गते दुबईबाट नेपाल आएको मगरले बताए।
बाँकी दुई जना भने भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट आएका हुन्। उनीहरू कहिले आएका हुन् भन्ने विवरण आउन बाँकी छ। हिजो उदयपुरको भुल्केमा एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएको थियो। यसअघि पनि सोही वस्तीको एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा संक्रमण देखिएपछि सो वस्ती सिल गरिएको छ।
अहिले संक्रमित २४ जना नै विराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत छन्।