काठमाडौं, १० बैशाख । काेराेना भाइरसलाई जितेर धादिङका युवा घर फर्कने भएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङका ३२ बर्षिय युवा कोरोनालाई जित्न सफल भएका हुन्।
दुबईबाट आएका सो युवालाई कोरोना संक्रमण देखिएको थियो । कोरोना निको भएपछि आज अस्पतालबाट घर जाने भएका छन् ।
उनलाई घर पठाउने तयारी गरेको अस्पतालले जानकारी दिएको छ। ती युवालाई आज डिस्चार्जको तयारी भइरहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिएका छन् ।