Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व माओवादीहरुसँग प्रधानमन्त्री ओलीले भने– ढुक्क हुनुहोस् प्रचण्डले जस्तो धोका दिन्न


    शनिबार, माघ १० २०७७
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तो धोका आफूले नदिने बताएका छन् ।

    पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले विगतको नेतृत्वले धोका दिएको भन्दै भावनाको समेत दुरुपयोग गरेको दावी गरे ।

    प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै भने–‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग ग-यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार