Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाली सेनाद्वारा बम निष्क्रिय


    शनिबार, माघ १० २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ । महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो ।

    बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गए राति बीच सडकमा भेटिएको उक्त बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निष्क्रिय पारेको हो । उहाँले भन्नुभयो, “उक्त बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन, थप अनुसन्धान गर्दैछौँ ।” नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुनसक्ने आशङ्का गरिएको छ ।

    यसैबीच गए रातिदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन भएको छ । सडकमा राखिएको बमका कारण बन्द भएका सवारी साधन पनि बम निष्क्रिय पारिएसँगै सञ्चालनमा आएका छन् । रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पु¥याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार