काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’