Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय


    बुधबार, जेष्ठ २८ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ ।

    यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार