काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीका हरेक असंवैधानिक कदममा साथ दिंदै देशलाई मुठभेडको दिशातर्फ लान प्रत्यक्ष भूमिका खेल्दैआएकी छन् । राष्ट्रपति पदको गरिमा नै नराखी संविधानको संरक्षकको भूमिका नै पूरा नगरी ओलीले संविधान बिपरीत गरेको प्रतिनिधिसभा बिघटन तत्कालै सदर गरेकी राष्ट्रपतिको भूमिकाको सर्बत्र आलोचना भइरहेको छ ।
दलहरुसँग परामर्श समेत नगरी प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपतिको भूमिका सरकारको कारिन्दामा सीमित हुँदै गएको टिप्पणी हुन थालेको छ ।
यसै परिप्रेक्ष्यमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले मुठभेडतर्फ जान लागेको देशमा दलहरुबीच सहमति कायम गराउनका लागि शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बोलाएर छलफल सुरु गरेका छन् ।
नेकपा प्रचण्ड माधव समूह र जसपाका डा. बाबुराम भट्टराईबीचको छलफल दलहरुबीच ओलीको असंवैधानिक कदमको बिरुद्ध संयुक्त रुपमा जानका लागि भएको बताइएको छ ।