काठमाडौं । नेपालमा आज पश्चिमी वायुको प्रभाव परेको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भू-भागहरुमा हुस्सुरकुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।