Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान आइसीयूमा छ, ओली हाँसिरहेका छन्ः प्रचण्ड


    शुक्रबार, माघ ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बिघटनका बिरुद्ध नेकपा प्रचण्ड माधव समूहले शुक्रबार आयोजना गरेको आजको बिरोध सभामा उल्लेख्य जनसमुदायको उपस्थिति रहेको थियो । बिरोध प्रदर्शनपछि आयोजित सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई कतैबाट प्रोत्साहन हुनु नहुने बताए । ओलीको कदमलाई प्रोत्साहन गरिए शान्ति प्रक्रिया ‘डिरेल’ हुनसक्ने चिन्ता उनले ब्यक्त गरेका छन् ।

    ‘जनयुद्धका घाइतेले पाउँदैआएको भत्ता समेत खोस्ने काम ओलीले गरेपछि आफूले ऋण गरेर दिनुपरेको स्मरण गर्दै उनले भने, अहिले पार्टी विभाजनमा ओली अल्पमतमा परेपछि ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन प्रचण्डले भन्न थालेको सुनेको छु । ? फट्याइँ गर्न कति सकेको ? ओलीको जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

    जनताको लामो संघर्षबाट बनाएको संविधान आईसीयूमा हुँदा ओली हाँस्दै हिँडेको दाहालको आरोप छ । दाहालले भने, ‘अहिले संविधान आईसीयूमा छ । उहाँ हाँस्दै हिँड्नु भएको छ, हँसाउँदै हिँड्नु भएको छ । हामीलाई राष्ट्रको भविष्य के हुने हो भन्ने चिन्ता छ, उहाँ हास्ँदै हिंड्नुभएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार