Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर गरेको विपक्षी दल निष्कर्ष


    शुक्रबार, जेष्ठ २३ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर गरेको निष्कर्ष निकालेका छन्।

    शुक्रबार बानेश्वरस्थित संसद् भवनमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको प्रमुख प्रतिपक्षी दलको बैठकले राजनीतिक प्रतिशोध साँधेर अध्यक्ष नेपालविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको निष्कर्ष निकालेको हो ।

    बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल, डा स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार