Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष नेपालविरुद्ध मुद्धा दायर भएपछि छलफलमा जुटे नेकपा एसका नेताहरु


    बिहिबार, जेष्ठ २२ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

    केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

    नीतिगत निर्णयमा समेत अख्तियारले पहिलो पटक प्रधानमन्त्री भइसकेका बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    केहीबेरअघि मात्र अख्तियारले विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपालका बिरुद्ध मुद्दा दर्ता गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार