Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचार मुद्दा दायर भएपछि गृह जिल्लाबाट काठमाडौं आउँदै माधव नेपाल


    बिहिबार, जेष्ठ २२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् ।

    पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाडौं फर्किन लागेका हुन् ।

    उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

    अध्यक्ष नेपाल बुधबार गृहजिल्ला रौतहट गएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार