Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • गृहमन्त्रीलाई संसदमा बोल्न दिने माओवादीको संकेत


    बिहिबार, जेष्ठ २२ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध खोल्न सत्तापक्ष र विपक्षीसँग संवाद र छलफल गर्ने भएको छ । आज (बिहीबार) बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको हो ।

    माओवादी प्रवक्ता अग्नि सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले भिजिट भिसा प्रकरणमा निकास निकाल्न अधिकतम जोड दिइने बताए । उनले छानबिन अपरिहार्य रहेको भन्दै उक्त छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोग गठन गरिनुपर्ने लगायतका माग राख्दै विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् ।

    मानव तस्करीको आरोप लागेपछि गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने भन्दै समय माग गरिरहेका छन् । तर, विपक्षीहरुले संसद बस्न दिएका छैनन् । केहि दिनदेखि निरन्तर सदन अवरोध गर्दै आइरहेको माओवादीले अब भने संसदको गतिरोध अन्त्य गर्न पहल गर्ने निर्णय गरेको हो । योसँगै माओवादीले गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिने संकेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार