काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युुवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गरेका छन ।
बागबजारस्थित ‘आइडिया स्टुुडियो’मा आयोजित ‘नवप्रवर्तक युुवाहरुसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताए ।
“युवाहरुले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नुु हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुुपर्छ । असन्तोष मान्नुुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरु पनि ठिक होइन, त्यस्तो गर्नेहरु उल्टै पारिवारिक तनावमा परेका हुन्छन्,’’, प्रधानमन्त्री ओलीले भने, “अब युवाहरुले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुुपर्छ, उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युुवाहरु विदेश जाने क्रम रोक्नुुपर्छ ।’’
प्रधानमन्त्री ओलीले युुवाहरुले रचनात्मकतामा निरन्तरता दिनुुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुुडियो’ को सम्बद्र्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरुको प्रदर्शनी अवलोकन गरेका थिए ।
‘आइडिया स्टुुडियो’ का संस्थापक डा छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरुको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend