Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोली हानेर प्रेमिकाको हत्या गर्ने युवक काठमाडौँकाे मुलपानीबाट पक्राउ


    शुक्रबार, माघ ९ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रेमिकालाई गोली हानेर हत्या गरी फरार रहेका एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार हत्या आरोपीलाई गएराति मुलपानीबाट पक्राउ गरिएकाे हाे । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि २०६७ देखी फरार रहेका प्रहरीले जनाएकाे छ ।

    २०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेका थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट खुलेकाे थियाे ।

    लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए । हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार