Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनसनरत गंगामायाको जीवनरक्षा गर्न मानव अधिकार आयोगको आग्रह


    बिहिबार, माघ ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै अनसनमा बसिरहेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले गंगामायाको जीवनरक्षाका लागि सरकारलाई आग्रह गरेको हो।

    आयोगको बागमती प्रदेश कार्यालयले उनको जीवनरक्षा, स्वास्थ्य उपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचारसमेत गरेको छ।

    पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनसनमा रहेकी गङ्गामाया अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ। तर उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गइरहेकाे अस्पतालले जनाएकाे छ।

    अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न आयोगले सरकारलाई भनेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार