Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राडी बजारमा लगाइएको निषेधाज्ञा हट्यो


    बिहिबार, माघ ८ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाएको छ ।

    आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते साँझ ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

    अहिले अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार