Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनसेल सिमलाई फोरजीमा अपग्रेड गर्दा २ जीबीफोरजी डेटा बोनस


    बिहिबार, माघ ८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि  गत मंगलबारदेखी आकर्षक बोनस योजना ल्याएको छ ।
    यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्तगर्दछन् । यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।
    यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने जनाएको छ । दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिन्छ ।

    सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपगेर्ड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिमलिएर दु्रत गतिको इन्टरनेट सेवाबाट फाइदालिन सक्छन् ।

    यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागिमान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदि  रहेको जनाएको छ ।

    फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजी सिमहो कि होईन भनेर एस्ट्रिक्स ३२४ ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यिू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहापाउन सक्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार