काठमाडौं । राजा महेन्द्र शाहले २०२१ सालमा लागू गरेको भूमिसुधारमा हदबन्दीमा परेका गिरीबन्धु टी स्टेट, हिमालयन टी स्टेट लगायतका जग्गा बिक्री गर्न पाउने ब्यवस्था बजेट बक्तब्यमा गरिएको छ ।
बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेटको ३ सय ४४ बिघा र दमकमा रहेको हिमालयन टी स्टेटको करिब ५ सय बिघा हदबन्दी लागेका जग्गा बिक्री गर्न बजेटले बाटो खोलिदिएको छ ।
राजाले निरंकुशकालमा लागू गरेको भूमिसुधारमा हदबन्दीमा परेका गिरीबन्धु र हिमालयन टी स्टेटका जग्गा सरकारी नै हुन् । उद्योग प्रयोजनका लागि हदबन्दी छुट दिइएको गिरीबन्धुको जग्गा केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले २०७७ मै भूमि ऐन संशोधन गरी बिक्री गर्न छुट दिएकोमा विवाद हुँदैआएको छ ।
सर्वोच्च अदालतले हदबन्दी लागेका जग्गा बिक्री नगर्न नगराउन आदेश दिएको छ । तर आर्थिक बर्ष २०८२–०८३ को बजेट वक्तब्यमा अब हदबन्दी लागेका सबै जग्गा बिक्री गर्न पाइने भएको छ ।
हदबन्दी लागेका जग्गा बिक्री गर्न पाउनेगरी बजेट वक्तब्यमा ब्यवस्था गरेपछि मातृभूमि पार्टीका संयोजक डा. भीमबहादुर रावलले हदबन्दी लागेका जग्गा बेचीखान पाउने निर्णयको बिरोध गरेका छन् । उनले लेखेका छन्–वाह कम्युनिस्ट अर्थमन्त्री १ भूमिसुधारको कारण हदबन्दी लागेको जग्गा बेचीखान पाइने १ पार्टीलाई कम्युनिस्ट र माक्र्सवादी लेनिनवादी नभन्ने न्यूनतम राजनीतिक नैतिक साहस देखाऊ ।
गिरीबन्धुको जग्गा बिक्री गर्न छत्रबहादुर गिरीहरुलाई दिने क्रममा तत्कालीन ओली सरकारकी भूमिब्यवस्था मन्त्री पदमा अर्यालसहितलाई १ अर्ब नै घुस लिएको आरोप लागेको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend