Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दिल्लीद्वारा सन्दीप फुकुवा


    बिहिबार, माघ ८ २०७७
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो ।

    आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ । दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि रु ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो ।

    त्यस वर्षको आइपिएलमा उहाँले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिनुभएको थियो । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिनुभएको थियो । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार