Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवासंघको अध्यक्षमा थेबे दोहोरिए, महासचिवमा चौलागाईं


    मंगलबार, जेष्ठ १३ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि पनि क्षितिज थेबे नै निर्वाचित भएका छन् ।

    पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा १४०४ मत खसेको थियो ।
    महासचिवमा महेश चौलागाईं निर्वाचित भएका छन् ।

    ७ सय ९६ मत प्राप्त गरी थेबे अध्यक्षमा बिजयी हुँदा उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत ल्याए । थेबे १ सय ८८ मतले विजयी बनेका हुन् ।

    प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थेबेलाई नै अध्यक्ष बनाउनका लागि सहमति गर्न दबाब दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार