Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको झाँडीमा नवजात शिशु फेला, अविवाहित आमा पक्राउ


    बुधबार, माघ ७ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा बुधबार बिहान एक नवजात शिशु फेला परेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका-२६ समाखुसी पवित्रानगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको हो ।

    फेला परेका शिशुको अहिले कान्ति बाल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।

    ‘बिहान स्थानीयले बच्चा रोएको सुनेछन्। बाहिर झाँडीमा एक भर्खरै जन्मिएको बच्चा फेला परे,’ डिएसपी विष्टले भने, ‘तत्कालै प्रहरीलाई खबर भयो।’ खबर भएको केही बेरमै बच्चाको २० वर्षीया आमा पत्ता लागेको उनले बताए। उनी अविवाहित हुन्।

    प्रहरीले महाराजगन्ज क्षेत्रबाट डेरा गरी बसेकी आमालाई नियन्त्रणमा लिएको थियो। उनको पनि कान्ति बाल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार