Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


    बुधबार, माघ ७ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सार्वोच्च अदालतले कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    अधिवक्ता डा।पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा।मनोज कुमार शर्माको एकल इजलासले कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    ‘कृषिका प्राथमिक उत्पादन क्षेत्रको व्यवसायलाई समेत समेट्ने गरी त्यस्ता व्यवसायलाई समेत वैदेशिक लगानी अनुमति दिनेगरी ऐनको अनुसूचीका संशोधन गर्ने कार्य ऐनको उद्देश्य अनुकुल रहेको नदेखिँदा नेपाल राजपत्र २०७७ पुस २० मा प्रकाशित खण्ड ७०, संख्य ७६ को नेपाल सूचना यो निवेदनको टुंगो नलागेसम्म कार्यन्वयन नर्गनू नगराउनू’ सर्वोच्चको आदेशमा भनिएको छ ।

    साथै कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्नुका लिखित जवाफ १५ दिनभित्र पेश गर्न पनि अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार