काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैयाँ घुससहित मंगलबार नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएकाले सो मिलाउनको लागि उनीहरुले घुस मागेका थिए । अख्तियारबाट खटिएको टोलीले नासु श्रेष्ठ र लेखापढी ब्यवसायी रमेशलाल श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।