Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको शपथ


    बुधबार, माघ ७ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज  ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव निर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन् । यस पटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन ।
    यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् । त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर । अर्को कुरा यो नै पहिलोपटक हो, आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेको हो । किनकि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गरा ए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु समेत भयो ।

    यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन् ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार