सञ्जय मिश्रा
रौतहट । रौतहटस्थित अनुगमन टोलीले शुक्रबार बागमती नदीको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणको क्रममा गढीमाई नगरपालिकाको बालुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेको एकथान जेसीबी पनि नियन्त्रणमा लिएको छ। जेसीबी सशस्त्र बेस क्याम्प समनपुरको नियन्त्रणमा रहेको छ।
बागमती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासो बढे पछि रौतहटका सिडियो विनोद कुमार खड्का, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या प्रसाद यादव, नेपाल प्रहरीका एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह सम्मिलित टोलीले वृन्दावन नगरपालिकाको बागमती नदीको रमौली, विश्रामपुर, हरैया पल्टुवा, गढिमाई नगरपालिकाका समनपुर लगायतका विभिन्न घाटहरुमा नदीजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानको स्थलगत अनुगमन गरेको हो ।
क्रसर उद्योगमा राखिएको नदी जन्य पद्धार्थको स्रोत, त्यसको स्टक सहितका भ्याट हेर्न उनले निर्देशन दिएका थिए। जिल्लाको पूर्वी भेग बागमती नदी र पश्चिममा लालबकैया नदीबाट नियमति ठेक्का नलागे पनी नदीजन्य पदार्थको अनियमित दोहन गरी उद्योगमा थुपार्ने र बढी मूल्यमा बिक्री गर्ने परिपाटी बढेको छ।
जिल्ला समन्वय समितिको सभापतिमा नेपाली कांग्रेसका राम अयोध्याप्रसाद यादव निर्वाचित भए देखिनै जिल्लाको सम्पूर्ण नदीको दोहन बढेको गुनासो रहेको छ । उनकै मिलीमतोमा नदी दोहन गरी जिल्लामा कैयौं क्रसर उद्योग सञ्चालन रहेको कारण यहाँ प्रायः नदीहरूको अनुगमन नै नहुने गरेको जनाइएको छ ।
स्थानिय प्रशासनको पहलमा शुक्रवार यस आर्थिक वर्षमा पहिलो पटक अनुगमन गरी झारो टार्ने काम भएको स्थानियको गुनासो रहेको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend