सञ्जय मिश्रा
रौतहट । रौतहटस्थित अनुगमन टोलीले शुक्रबार बागमती नदीको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणको क्रममा गढीमाई नगरपालिकाको बालुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेको एकथान जेसीबी पनि नियन्त्रणमा लिएको छ। जेसीबी सशस्त्र बेस क्याम्प समनपुरको नियन्त्रणमा रहेको छ।
बागमती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासो बढे पछि रौतहटका सिडियो विनोद कुमार खड्का, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या प्रसाद यादव, नेपाल प्रहरीका एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह सम्मिलित टोलीले वृन्दावन नगरपालिकाको बागमती नदीको रमौली, विश्रामपुर, हरैया पल्टुवा, गढिमाई नगरपालिकाका समनपुर लगायतका विभिन्न घाटहरुमा नदीजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानको स्थलगत अनुगमन गरेको हो ।
क्रसर उद्योगमा राखिएको नदी जन्य पद्धार्थको स्रोत, त्यसको स्टक सहितका भ्याट हेर्न उनले निर्देशन दिएका थिए। जिल्लाको पूर्वी भेग बागमती नदी र पश्चिममा लालबकैया नदीबाट नियमति ठेक्का नलागे पनी नदीजन्य पदार्थको अनियमित दोहन गरी उद्योगमा थुपार्ने र बढी मूल्यमा बिक्री गर्ने परिपाटी बढेको छ।
जिल्ला समन्वय समितिको सभापतिमा नेपाली कांग्रेसका राम अयोध्याप्रसाद यादव निर्वाचित भए देखिनै जिल्लाको सम्पूर्ण नदीको दोहन बढेको गुनासो रहेको छ । उनकै मिलीमतोमा नदी दोहन गरी जिल्लामा कैयौं क्रसर उद्योग सञ्चालन रहेको कारण यहाँ प्रायः नदीहरूको अनुगमन नै नहुने गरेको जनाइएको छ ।
स्थानिय प्रशासनको पहलमा शुक्रवार यस आर्थिक वर्षमा पहिलो पटक अनुगमन गरी झारो टार्ने काम भएको स्थानियको गुनासो रहेको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend